दासढुङ्गा काण्ड May 17, 2009
Posted by hamrotaranga in Politics.trackback
आज भन्दा ठिक १६ बर्ष पहिले २०५० जेठ ३ गतेका दिन नेपाली राजनितिले एक होनहार व्यक्तित्व गुमाउनु परेको थियो । उनी थिए ने.क.पा एमालेका तत्कालीन महासचिब मदन भण्डारी । कास्कीबाट जिल्ला अधिबेशन सकेर काठमांडू फर्किने क्रममा उनको जिप दासढुङ्गामा दुर्घटना भएको थियो । उनीसंगै संगठन प्रमुख जिबराज आश्रित पनि थिए । दुबै जनाको घटनास्थलमा मृत्यु भएको थियो । जिप चालक अमर लामा भने बाच्न सफल भएका थिए । यो दुर्घटनालाई रहयस्यमय ढंगबाट लिइएको थियो । अझ २०६० सालमा अमर लामाको हत्या भएपछि यस घटनामा अझै रहस्य थपिएको थियो ।
अहिले यसै घटना लाई लिएर एउटा चलचित्र को निर्माण हुँदैछ । थप जानकारीको लागि उक्त चलचित्रको website मा जानुहोस ।
www.dasdhunga.com
Photo Source: dasdhunga.com




Comments»
No comments yet — be the first.